आरएमडीसी लघुवित्तको साढे ४ लाख कित्ता शेयर बिक्रीमा

५ बर्ष अगाडि

काठमाडौं - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको साढे ४ लाख बढी कित्ता संस्थापक शेयर बुधबारदेखि लिलाम बढाबढमा बिक्रीमा आएको छ ।

एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक समूहको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०८ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताहरुले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्नुपर्नेछ । 

लिलामी शेयर खरीदका लागि वैशाख २८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ भने विद्यमान शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया