राष्ट्र बैंकले रु.२० करोड रुपैयाँ लगानी गर्दै

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले २०७८ जेठ २ गते देखि २०७९ जेठ २ गते सम्मको ३६६ दिने मुद्दती निक्षेपको रुपमा बैंकहरूमा लगानी गर्ने भएको हो ।  

नेपालका “क” “ख” “ग” वर्गका बैंकहरूमा सो बराबरको रकम लगानी गर्ने भएको हो । जस अनुसार “क” वर्गका वाणिज्य बैंकहरूमा  १६ करोड, “ख” वर्गका विकास बैंकहरूमा ३ करोड, “ग” वर्गका वित्त कम्पनीहरूमा १ करोड रकम लगानी गर्न लागेको हो ।

केन्द्रिय बैंकको सर्तहरूको अधीनमा रहि मुद्दती निक्षेपको रुपमा लिन चाहने  बैंक तथा वित्त कम्पनीहरूले आफूले लिन चाहेको रकम र ब्याजदर समेत खुलाई आगामी बैशाख २६ गते दिउसो ४ बजे भित्र केन्द्रीय बैंकमा प्राप्त हुने गरि पठाउनु पर्ने छ । उक्त प्रस्ताव [email protected] मा पठाउन सकिने छ ।

केन्द्रिय बैंकले बैंक तथा वित्त संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको हुनु पर्ने बताएको छ । साथै बैंक बाट तोकिएको न्यूनतम पूँजी कोष भएको, निष्कृय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा रहेको लगायतमा सर्तहरू पुरा भएका कम्पनीहरूलाई उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्ने केन्द्रिय बैंकले भनेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया