घोडीघोडा लघुवित्त तेस्रो त्रैमाससम्ममा ३६ लाख घाटामा

५ बर्ष अगाडि

काठमाडौं, घोडीघोडा लघुवित्त चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा  ३६ लाख ६८ हजार रुपैयाँ घाटामा रहेको छ । लघुवित्तले सार्वजनिक गरेको तेस्रो त्रैमास सम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले सोही अवधीसम्म २१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि १८.२६ प्रतिशतले घटेर ७८ लाख ८६ हजार ७८ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । 
 
यसैगरी, चैत मसान्तसम्म घोडीघोडा ४७ लाख ३५ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । अघिल्लो वर्ष भने यसले ७ लाख ५४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल यसको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा जम्मा ७२ लाख ६६ हजार रुपैयाँ मात्र रहेको छ । खराब कर्जा अनुपात ३.४३५ प्रतिशतबाट बढेर ६.६८ प्रतिशत पुगेको छ । कस्ट अफ फन्ड १६.८९ प्रतिशत रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया