काठमाडौं, साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले चालु आवको चैत मसान्तसम्म ४६ करोड ५३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ६.९५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा लघुवित्तले ४३ करोड ५० लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी १३.८७ प्रतिशतले बढेर ९० करोड ५३ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ७९ करोड ५० लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ६.२१ प्रतिशतले बढेर ६९ करोड ५७ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ६५ करोड ५० लाख ६० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा साना किसानको प्रतिशेयर आम्दानी भने ८ रुपैयाँ ४३ पैसाले घटेर ४९ रुपैयाँ ८७ पैसामा सीमित भएको छ । प्रतिशेयर नेटवर्थ २७४ रुपैयाँ १९ पैसा छ । चुक्ता पुँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब १८ लाख ९० हजार रुपैयाँ छ ।
प्रतिक्रिया