हिमालयन जनरलको नाफा  १९.१३ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं, हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको  चैत मसान्तसम्म कम्पनीको खुद नाफा १९.१३ प्रतिशतले घटेर ९ करोड १० लाख रुपैयाँ कमाएको छ  । गत आर्थिक वर्षका यहि अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १६.८३ प्रतिशतले बढेर २१ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १८ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको हो ।

चुक्ता पूँजी १ अर्ब ६ करोड ८२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ६६ लाख रुपैयाँ, बीमा कोषमा ६० करोड ७४ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ११ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.३६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८८.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९०.९५ गुणा रहेको छ ।

यस्तै कम्पनीले ५ हजार ६८४ वटा दाबी वापत १ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ हजार ६०२ वटा दाबी वापत ५४ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया