महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एक कम्पनीको संस्थापक सेयर बिक्रिमा ल्याउदै, कति कित्ता ?

५ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७ सय ७५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्रि गर्ने भएको छ । 

बैंकले इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य प्रति कित्ता न्युनतम ६९८ रुपैया कायम गरेको छ । अब इन्स्योरेन्सको उक्त सेयर खरिदगर्न चाहानेले ६९८ रुपैयाँ भन्दा बढि रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । 

आवेदन गर्दा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन गर्नु पर्ने छ । बैंकले उक्त सेयर लिलामका लागि बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया