काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । उक्त नाफा गत वर्षको तुलनामा २४.८६ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा ३७.४९ प्रतिशतले धेरै हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब २३ करोड ७५ लाख ८७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । सो अवधिसम्म कम्पनीले ८७ करोड ३१ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
हाल चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६२ करोड ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९८ पैसा छ ।
प्रतिक्रिया