जनउत्थान सामुदायिक लघुवित्तकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि वैशाख २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यो सँगै आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको दशौँ वार्षिक साधारण सभा वैशाख ३० गते बिहीबार हुँदैछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया