काठमाडौं- किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाले साना रू. ४६ करोड ५३ लाख ३५ हजार खुद नाफा कमाएको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको यो नाफा करीब ७ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४३ करोड ५० लाख ९४ हजार मात्र खुद नाफा कमाएको थियो ।
यस वर्ष ४७ प्रतिशत बढी रू. ४ करोड २२ लाख ३८ हजार खराब कर्जा उठाएको कम्पनीले यो वर्ष ६ प्रतिशत बढी रू. ६९ करोड ५७ लाख ८७ हजार सञ्चालन नाफा गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड १५ लाख ३० हजार रहेको छ भने जगेडा कोष रकम रू. २१ अर्ब ८० करोड ९० हजार छ ।
गत वर्ष यस अवधिसम्म ०.६५ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ०.८० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४९.५७ र प्रतिशेयर नेटवर्थ रू. २७४.१९ रहेको छ ।
प्रतिक्रिया