काठमाडौं - सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ६३.९१ प्रतिशतले बढेर २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ पुगेको छ छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड ४१ लाख ३० हजार रुपैयाँमा सीमित थियो ।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क पनि २८.१५ प्रतिशतले बढेर २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी १७ करोड ४१ लाख ३० हजार रुपैयाँ सीमित थियो । सो अवधिसम्म कम्पनीले ८० करोड ६७ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।
हाल चुक्ता पूँजी एक अर्ब रहेको कम्पनीको जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा छ ।
प्रतिक्रिया