एशिया लाइफ इन्स्योरेन्सको संस्थापक तर्फको शेयर बिक्रीमा

५ बर्ष अगाडि

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक तर्फको शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता रु.६९८ रुपैयाँ मूल्य तोकी १ लाख ६६ हजार ७५७ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर विद्यमान संस्थापक तथा इच्छुक जोकोही व्यक्तिले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

सिलबन्दी बोलपत्र बैशाख २६ गते बाट शुरु भई आगामी जेष्ठ ९ गते सम्म भर्न सकिने छ ।

शेयर सिलबन्दी फारम बिक्री प्रबन्धक रहेको श्री सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा प्रति कित्ता के कति दर रेटमा लिन चाहेको हो सो समेत उल्लेख गरि आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया