बरुण हाइड्रोपावरको नाफा ५५ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी  कति ?

५ बर्ष अगाडि

काठमाडौं- बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रू. ५२ लाख ७२ हजार खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको यसै अवधिसम्म रू. १ करोड १७ लाख १ हजार थियो । गत वर्षभन्दा यसवर्ष कम्पनीको खुद नाफा ५५ प्रतिशत कम हो ।

गत वर्ष रू. ६ करोड ५५ लाख ८६ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले यसवर्ष रू. ४ करोड ५८ लाख २२ हजार मात्र आम्दानी गरेको छ । 

चुक्तापूँजी बढाएर रू। २६ करोड ७९ लाख ७ हजार रहेको कम्पनीको जगेडा कोष रकम भने ३१ प्रतिशत घटेको छ । गत वर्ष रू।. १ करोड १७ लाख १ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. ८० लाख ६६ हजारमा सिमित भएको छ । 

बैंकबाट लिएको ऋण रकम भने यसवर्ष १५ प्रतिशत घटेको छ । कम्पनीको ऋण रकम गत वर्षसम्म रू. २६ करोड ९६ लाख रहेकोमा यसवर्ष रू.२२ करोड ८५ लाख २५ हजारमा झरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४.०२ र प्रतिशेयर नेटवर्थ रू. १०३.१ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया