काठमाडैं– कोरोना भाइरसको दास्रो लहर न्यूनिकणर गर्न लागु गरिएका निषेधाज्ञामा राष्ट्र बैंकले दिएका निर्देशनहरु पुर्ण रुपमा पालना गर्न डेभलपमेन्ट बैंकर्स संघले बैंकहरुलाई भनेको छ ।
संघले दिएका निर्देशन पालना गरी सेवाग्राहीलाइ सेवा प्रदान गर्न गरि महामारीको समयमा सहयोग गर्न भनेको छ ।
संघले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरश पालना गर्ने र कर्मचारी तथा ग्राहकहरुको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिड्को असर पर्न नदिनका लागि संभव भए सम्मका उपाएहरुको अवलम्बन गर्न भनेको छ ।
त्यस्तै निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रही सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैंकले योजना बनाउने र उक्त योजना सदस्य बैंकहरु बीच समन्वयताका लागि आदान प्रदान गर्ने समेत संघले बैंकहरुलाई भनेको छ ।
प्रतिक्रिया