काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकाले निषेधाज्ञा अर्थात अत्यावश्यक बाहेक घर बाहिर निस्कन बन्देज लगाएको छ ।
सरकारले निषेधाज्ञा गरेसँगै कुनैपनि नागरिक सरकारको अनुमतिबिना आफूले चाहेको ठाउँमा आवतजावत गर्न पाउने छैनन् ।
यस्तो अवस्थामा पनि सर्वसाधारणले बैंक बैंक तथा वित्तीय संस्थाहरुलाई सावधानी अपनाउँदै र स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सेवा दिन कोसिस गरेका छन ।
भोलि (वैशाखा २० गते) लक्ष्मी बैंक लिमिटेडका ११ स्थानमा मात्र शाखा कार्यालय खुल्ला रहने छन । बैंकले सार्वजनिक गरेको सूचना अनुसार हात्तीसार, महाराजगञ्ज, सानेप, लगनखेल, भक्तपुर, चापागाँउ, पूरानो बानेश्वर,खुसिबु, मुलपानी र मनमैजुमा शाखा कार्यालय खुला रहनेछन ।
प्रतिक्रिया