काठमाडौं- मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि भोलि (मंगलबार)बाट आईपीओ निष्कासन गर्ने भएको छ ।
मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो ।
कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखिएको छ ।
सरकारले निषेधाज्ञा गरेकाले काठमाडौंका शेयर भर्ने केन्द्रमा जान स्थानीयलाई सहज छैन ।
धितोपत्र बोर्डले भने अहिले महामारीका बीचमा शेयर निष्काशन गर्न हतारा नगरेको भए हुने प्रतिक्रिया दिएको छ ।
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार वैशाख ५ गते मध्यभोटेकोशीलाई शेयर निष्काशनका लागि अनुमति दिइएको हो । धितोपत्र बोर्डले निष्काशन गर्न दिएको दिनदेखि दुई महिनासम्म कम्पनीले शेयर निष्काशन गर्न सक्छ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओका लागि स्थानीय स्वयम् तोकिएको केन्द्रमा गएर फारम भर्नुपर्छ ।
कम्पनीले काठमाडौंका लागि विभिन्न ठाउँमा ६ वटा विक्री केन्द्र तोकेको छ ।
प्रतिक्रिया