रैराङ हाइड्रोपावरले कमायो झन्डै ४ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- रैराङ हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

गत आवको यसै अवधिमा ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  कम्पनीकको  नाफा गत आव तुलनामा ४.३८ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १७ करोड २ लाख ४८ हजार रुपैयाँ विद्युत बिक्री तथा अन्यबाट आय गरेको छ । गत आवको यसै अवधिमा १० करोड ३७ लाख रुपैयाँ आम्दानी गरेकामा यस्तो आम्दानी ६४ प्रतितशतले बढेको हो ।

यस्तै सञ्चालन नाफा ८ करोड ८८ लाखबाट ५ करोड ५१ लाख बढेर १४ करोड ३९ लाख पुगेको छ ।

चुक्ता पूँजी ५६ करोड रुपैयाँ कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३.०३ रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड ४८ लाख ८३ हजार रुपैयाँ सञ्चित हुँदा प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया