आरएसडिसि लघुवित्तको नाफा करिब साढे ४० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- आरएसडिसि लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

लघुवित्तको खुद नाफा चालु आवको चैत मसान्त सम्म आउँदा  करिब ४० प्रतिशतले बढेको वित्तीय विवरणले  देखाएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा ७ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ जुन ४०.३१ प्रतिशतले बढी हो।

लघुवित्तको प्रतिशेयर आम्दानी पनि १० रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ छ।

कर्जा लगानी १९ प्रतिशतले बढेको छ भने खराब कर्जा पनि सामान्य बढेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया