डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघ्यो

५ बर्ष अगाडि

काठमाडौं - शेयर बजारप्रति सर्वसाधरणको रुची र आकर्षण बढेपछि पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य रुपमा बढेको छ । वैशाख २० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघेको छ ।

पछिल्लो ढेढ महिना अर्थात चैत यता मात्रै साढे ३ लाख बढी डिम्याट खाताहरु थपिएका छन् । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार ०७७ वैशाख २० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ३५ लाख ९ हजार ८ सय ८२ पुगेको छ । गत फागुन २८ गते शुक्रबारसम्म डिम्याट खाता खोल्नेको संख्या ३१ लाख ५१ हजार २८९ रहेको थियो ।

साथै आइपीओ निष्काशनको पाइपलाइनमा समेत नयाँ नयाँ कम्पनीहरु थपिँदै गएका छन् । यसले पनि शेयरप्रति सर्वसाधारणको रुची बढाएको छ । अहिले आइपीओमा आवेदन गर्नेको संख्या नै १८ लाख बढी छ । पछिल्लो चरणमा खुलेकामध्ये सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जनाले आवेदन गरेका थिए ।

पछिल्लो चरणमा दोस्रो बजारमा कारोबारका लागि करिब ६ लाख लगानीकर्ताले कारोबार खाता खोलिसकेका छन् । साथै साढे ३ लाख लगानीकर्ताले अनलाइन कारोबारका लागि टिएमएस समेत लिइसकेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया