काठमाडौं - आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमास सम्ममा १ अर्ब ८९ करोड ५४ लाख बीमा शुल्क आर्जन गरेको छ । उक्त बीमा शुल्क गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११४ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ८८ करोड १९ लाख बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १० करोड १ लाख नाफा कमाएको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ ।
कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू। २ अर्ब पुग्नेछ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ४५ करोड ५ लाख र बीमा कोषमा रू. २ अर्ब ४९ करोड ८३ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ५४ र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ७५ रहेको छ ।
प्रतिक्रिया