काठमाडौं- नेपाल राष्ट्र बैंकले कोभिड महामारीको अवस्थामा ग्राहकहरुलाई परेको समस्या सामाधान गर्नकोे लागि तीन जना सम्पर्क व्यक्ति तोकेको छ।
विप्रेषण, विदेशी मुद्रा सटही लगायतका समस्याको लागि विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरु प्रसाद पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ भने, बैंकमा रकम राख्ने वा झिक्ने, साँवाब्याज तिर्ने, लगयाताका काराबोरको गुनासो सुन्नका लागि बैंक तथा वित्तीय संस्था वियमन विभागका निर्देशक किरण पण्डित सम्पर्क व्यक्ति तोकिएका छन्।
त्यस्तै मोबाइल इन्टरनेट बैंकिंग, डेविट क्रेडिट कार्ड एटिएस तथा अन्य डिजिटल कारोबार सम्बन्धि समष्याका लागि भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारी सम्पर्क व्यक्ति तोकिएका छन्।

प्रतिक्रिया