एनएमबि लघुवित्तको खुद नाफा १२ करोड ६५ लाख, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं - एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आर्थिक वर्षको यसै अवधमिा ४ करोड ५९ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको नाफा १७५ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा लघुवित्तका अधिकांश सूचकमा बढोत्तरी भएको छ । चुक्ता पूँजी पनि ३३.२८ प्रतिशतले बढाएर ५३ करोड ९८ लाख ५ हजार रुपैयाँ पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १७.७६ रुपैयाँ बढेर ३१.२७ रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको जगेडा कोषको आकार १.८१ प्रतिशत, निक्षेप संकलन २७.५१, कर्जा लगानी ४६७.८९, खुद ब्याज आम्दानी ९२.२२, सञ्चालन नाफा १२३७.९५ प्रतिशत तथा प्रतिशेयर आम्दानी १७.७६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ०..३७ रुपैयाँले बढेको छ ।

चैत मसान्तसम्म लघुवित्तले १ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ८३ करोड ३ लाख रुपैयाँ सापटी लिई ५ अर्ब २५ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ३३ करोड ९९ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २० करोड ३ लाख ५ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया