एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको वैशाख १९ गते आइतबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार सभा जेठ १० गते कम्पनीको प्रधान कार्यालय, हात्तीसार काठमाडौंमा भिडियो कन्फरेन्सको माध्यमबाट दिउँसो २ बजे सुरु हुनेछ । 
       
सभामा संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ८ प्रतिशतले आउने बोनस सेयर र ४६ लाख १४ हजार ४४२ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गरिनेछ ।  त्यसैगरी, लेखापरीक्षण परतिवेदनसहितको वासलात, नाफा(नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायताका एजेन्डाहरुमा छलफल गरी पारीत गरिनेछ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले वैशाख २८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया