सामुदायिक लघुवित्तको खुद नाफा १७ प्रतिशतले घट्योे

५ बर्ष अगाडि

काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकोे चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १७ प्रतिशतले घटेर १ करोड ७१ लाख रुपैयाँ सिमित भएको छ । 

कम्पनिले सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको सोहि अवधिमा संस्थाले २ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

त्यसैगरी सो अवधिसम्म संस्थाले १ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यस्तो नाफा ४० प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा संस्थाले ३ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

हाल संस्थाको चुक्तापूँजी १३ करोड २० लाख रहेको छ भने जगेडा कोषमा ६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।  त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३८ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया