हिमालयन जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले  आफ्नो २७ औँ वार्षिक साधारणसभा  बोलाएको छ । 

बैशाख १७ गते बसकोे कम्पनीको संचालक समितिको बैठकले जेठ २८ गते काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा साधारणसभा बोलाएको हो । 

सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल ६.७५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । 

जसमा ३.७५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र ३ प्रतिशतले हुन आउने बोनस सेयर रहेका छन् । बोसन सेयर जारी पछि सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने कम्पनीले जनाएकोे छ । 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ १२ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउनेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया