मिथिला लघुवित्तको खुद नाफा २३३.८५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  
लघुवित्तले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ५ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । 

उक्त खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २३३.८५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी १२ करोड १७ लाख रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ५६.०६ रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ २०८.२४ रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा लघुवित्त कम्पनीको खुद ब्याज आम्दानी ६९ र सञ्चालन नाफा १८७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्मा लघुवित्तले ८ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र सञ्चालन नाफा ६ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ ।

चैत मसान्तसम्म लघुवित्तले ४५ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन तथा ९९ करोड ७ लाख रुपैयाँ सापटी गरी १ अर्ब ६२ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया