सानिमा जनरल इन्स्योरेन्सकोे खुद नाफा ५ करोड ८१ लाख, बीमा शुल्क कति ?

५ बर्ष अगाडि

काठमाडौं - सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ८१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।   बैंकले सार्वजनिक गरेको गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले १००।९५ प्रतिशतले नाफा बढाएको हो । 

चैत्र मसान्तसम्ममा कम्पनीले १३ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यो ४६।८९ प्रतिशतले बढी हो ।

गत आवको यसै अवधिमा कम्पनीले ९ करोड ४२ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुनर्बीमा कमिशन वापत ८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी ४ करोड ८३ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीले अभिकर्ता कमिशन वपात ८८ लाख ५२ हजार रुपैयाँ खर्चेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया