काठमाडौं-बेष्ट फाइनान्सको वार्षिक साधारण सभा स्थगित भएको छ ।
कोभिडका कारण सरकारबाट जारी निषेधाज्ञा भएसँगै फाइनान्सले बैशाख ३१ गतेलाई आह्वान गरेको सभा स्थगित गर्ने निर्णय गरेको हो ।
फाइनान्स सञ्चालक समितिको बैशाख १८ गते शनिबार सम्पन्न बैठकले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सभा स्थगित गरेको हो ।
बैशाख ३१ गते हुने सभामा फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको थियो ।
सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७।७८ लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव रहेको छ ।
प्रतिक्रिया