आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कति कित्ता ?

५ बर्ष अगाडि

काठमाडौं - आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलामी विक्री खुला भएको छ । कम्पनीको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला भएको हो । 

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको उक्त शेयर वैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म लिलामीमा बिक्री खुला भएको हो । उक्त शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु साथै बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको मूल्य प्रतिकित्ता रू. ४३५ तोकिएकाले बोलकबोल गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । 

बोलकबोल गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयरको विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया