काठमाडौं - कोरोना संकट तथा व्यवस्थापन केन्द्र (सीसीएमस) ले निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा समेत कडाई गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरस संक्रमणको स्थिती जटिल बन्दै गएको निष्कर्ष निकाल्दै एक चौथाई कर्मचारी मात्रै राखेर कार्यालयमा सेवा प्रदान गर्नरगराउन निर्देशन दिएको हो ।
बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहँदै आएको बैंक तथा वित्तीय संस्थामा सबै कर्मचारी राखेर सञ्चालन गर्दा भीडभाड बढेको तथा नियन्त्रणका लागि गरिएको प्रयासहरु निस्प्रभावी बनेपछि बैंक तथा वित्तीय संस्थाहरुमा एक चौथाई कर्मचारीबाट सेवा दिन निर्देशन दिएको हो ।
यसैगरी बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । सीमा जोडिएका १३ वटा नाकामात्र खुलाई बाँकी नाकालाई पूर्णरुपमा बन्द गर्न सिफारिस गरेको हो ।
प्रतिक्रिया