नबिल बैंक र युनाइटेड फाइनान्स बिच प्राप्ति सम्बन्धमा हस्ताक्षर

५ बर्ष अगाडि

काठमाडौं– नबिल बैंक र युनाइटेड फाइनान्स बिच प्राप्ति सम्बन्धमा हस्ताक्षर भएको छ । शुक्रबार एक कार्यक्रमका बिच नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने घोषण भएको हो ।

नबिल बैंकको तर्फ बाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र फाइनान्सको तर्फ बाट मर्जर कमिटी सदस्य मनिष खेम्काले हस्ताक्षर गर्नु भएको थियो । 

उक्त सहमति अनुसार बैंकको फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने छ । जस अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता शेयर भएका शेयर धनीहरूले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् । 
प्रप्ति पछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र सञ्चालक समिति पनि नबिल बैंककै रहने छन् । 

प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रकृया अगाडि बढाइने र समयमै स्विकृती पाएमा यथाशीघ्र संयुक्त कारोबार गर्ने बैंकले जनाएको छ।

नबिल र युनाइटेड दुवै विदेशी लगानी भएका वित्तीय संस्था हुन्। नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा भारतको मुत्थूट फाइनान्सको लगानी छ। यी दुवै संस्थामा चौधरी समूहको लगानी छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया