काठमाडौं- युनाइटेड फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको यहि अवधिको तुलनामा फाइनान्सको खुद नाफा १३.९० प्रतिशतले बढेर ८ करोड १६ लाख रुपैयाँ पुगेको छ।
फाइनान्सले गत आवको चैत मसान्तसम्म ७ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
फाइनान्सले यस अवधिमा ८ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यसबाट कम्पनीले २ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
चुक्ता पूँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २९ करोड ३६ लाख रुपैयाँ सञ्चित छ। यस्तै फाइनान्सको वितरण योग्य मुनाफा ४ करोड ७३ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ३० पैसा, प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात ४०.७३ गुणा छ।
प्रतिक्रिया