काठमाडौं- विजय लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
संस्थाको खुद नाफा ८२.८७ प्रतिशतले बढेर १० करोड ६८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै,खुद ब्याज आम्दानी ६५.०७ प्रतिशतले बढेर २५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले १५ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा ७८.९३ प्रतिशतले बढेर १४ करोड ६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले ७ करोड ८५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यसैगरी खराब कर्जा भने २.९२ प्रतिशतबाट बढेर ३.३८ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म प्रतिशेयर आम्दानी वार्षिक ५३ रुपैयाँ ४३ पैसा रहेको यसको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९१ पैसा छ । विजयको चुक्ता पुँजी २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ र जगेडा कोषमा १६ करोड २३ लाख रुपैयाँ छ ।
प्रतिक्रिया