गणपति माइक्रोफाइनान्सको नाफा साढे २ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- गणपति माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार माइक्रोफाइनान्सले २ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले १ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो । माइक्रोफाइनान्सको खुद नाफा ५९.२३ प्रतिशतले बढी हो । 

यस्तै, खुद ब्याज आम्दानी पनि ७१.२ प्रतिशतले बढेर ९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
 
यता, सञ्चालन नाफा भने २ करोड ३७ लाख रुपैयाँबाट घटेर २ करोड १७ लाख रुपैयाँमा झरेको छ । यसको खराब कर्जा भने १.२८ प्रतिशत बाट बढेर २.६९ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म प्रतिशेयर आम्दानी वार्षिक २६ रुपैयाँ ६६ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३१ पैसा छ । गणपतिको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ र जगेडा कोषमा ३ करोड ९८ लाख रुपैयाँ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया