ङादी ग्रुप पावरको नाफा ४० प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं-ङादी ग्रुप पावर कम्पनी लिमिटेडको खुद नाफा ४० प्रतिशतले घटेको छ । 

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. करोड ६९ लाख १८ हजार खुद नाफा कमाएको मा चालू आवको सोही अवधिमा रू. २ करोड ८० लाख ९५ हजारमा सीमित भएको हो । कम्पनीको नाफा गत आवको सोही अवधीको तुलनामा ४० प्रतिशतले कम हो । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको चैत मसान्तसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । 

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा विक्री आम्दानी २७ प्रतिशतले कमी आएको छ । गत आवमा कम्पनीले रू. १० करोड ४३ लाख ९१ हजार विद्युत विक्री आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू। ७ करोड ५३ लाख ६८ हजारमा सीमित भएको हो । 

चुक्तापूँजी रू. ५८ करोड ९१ लाख १० हजार रहेको कम्पनीले रू। ४ करोड १६ लाख २७ हजार सञ्चित गरेको हो । प्रतिशेयर आम्दानी रू.६.३६, मूल्य आम्दानी अनुपात ३९ र प्रतिशेयर नेटवर्थ रू. १०७. ०७ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया