नाडेप लघुवित्तले जेठ ७ डाक्यो साधारण सभा, के के छन प्रस्ताव ?

५ बर्ष अगाडि

काठमाडौं- नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ७ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन, काठमाडौंमा बिहान ११ बजेका लागि सभा गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । 

सभाको प्रस्तावमा कम्पनीको शेयर संरचना ७०स्३० लाई परिवर्तन गरी ५१स्४९ गर्ने, यस कम्पनीका लागि गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धि प्रस्ताव आएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चाक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ । 

सभाको अन्य प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया