काठमाडौं - एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड-२ को इकाईहरु तीन दिनमै सबै बिक्री भई सकेको छ ।
क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकबाट १३ करोड ४७ लाख ५७ हजार २२० इकाई ९एक अर्ब ३४ करोड ७५ लाख ७२ हजार २०० रुपैयाँ बराबर० को लागि आवेदन परिसकेको हो ।
उक्त आवेदा जुन संस्थाले माग गरेको भन्दा १२.३० प्रतिशत बढी हो । क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।
फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणलाई बिक्रीमा राखेको थियो ।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया