काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वोमी लघुवित्तले खुद नाफा १० करोड ८४ लाख ८२ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ४ करोड ७७ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद नाफा गत आवको तुलनामा १२७.३५ प्रतिशतले बढी हो ।
खुद ब्याज आम्दानी ६५.६३ प्रतिशतले बढेर २२ करोड १३ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले १३ करोड ३६ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि १२७.३५ प्रतिशतले बढेर १७ करोड २१ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ७ करोड ५७ लाख ३८ हजार रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा वोमीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २१ पैसाले बढेर ३५ रुपैयाँ ११ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४६ पैसा छ । यसअवधिमा चुक्ता पुँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ र जगेडा कोषमा २४ करोड ४९ लाख २५ हजार रुपैयाँ छ । वोमीले ग्रामीण स्वयंसेवक लघुवित्तलाई मर्ज गरेर चैत ३ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।
प्रतिक्रिया