काठमाडौं-युएईको ख्याति प्राप्त फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।
सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेडेरल एक्सचेञ्जका महाप्रबन्धक रजह आरआर लियानेगले हस्ताक्षर गरेका छन ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया