काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकले खुद नाफा घटेको छ । बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४३ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको खुद नाफा ३.१६ प्रतिशतले घटेर ४२ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।
यस अवधिमा बैंकले ३३ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यसबाट बैंकले ८४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आर्जन गरेको छ।
चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। यस्तै बैंकको वितरणयोग्य मुनाफा ३३ करोड १९ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १४.६६ गुणा रहेको छ ।
प्रतिक्रिया