काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको ऋणपत्र “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” लाई इकाई निष्कासन गर्ने लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिवेञ्चर निष्कासनको तयारी गरेको हो ।
उक्त ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल ४५ करोड रुपैयाँ बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल ३० करोड रुपैयाँ बराबरको ऋणपत्र (सोमध्ये ५५ अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ ।
ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाउनेछ ।
बैंकले निष्कासन बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने डिवेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।
प्रतिक्रिया