शाइन रेसुङ्गा बैंकको नाफा ४४ करोड भन्दा बढी , अन्य सूचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं- शाइन  रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ४४ करोड ८३ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

गत आर्थिक वषको तेस्रो त्रैमासम्ममा ४३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको बेंकले चालु 

बैंकको खुद ब्याज आम्दानी १० प्रतिशतले घटेर ९२ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा २.७४ प्रतिशतले बढेको छ।

बैंकको वितरणयोग्य नाफा पनि ७ करोड ८ लाख रुपैयाँबाट बढेर ३० करोड ८१ लाख रुपैयाँ पुगेको छ।

३ अर्ब ४० करोड चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँबाट घटेर १७ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ छ।

यस अवधिमा बैंकको निक्षेप संकलन १२ प्रतिशतले बढेको छ भने कर्जा लगानी १७ प्रतिशतले बढेको छ।

बैंकको खराब कर्जा सामान्य बढेर १.१६ प्रतिशत पुगेको छ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया