काठमाडौं– नेपाल बैंकर्स संघले कोभिड–१९ को दोस्रो लहरको रोकथाम गर्न गरिएको लकडाउनको समयमा विशेष सावधानी अपनाउन बैंकहरूलाई आग्रह गरेको छ ।
यस्तो परिस्थितिको समयमा सम्भव भए सम्म डिजिटल कारोबार गर्न बैंकर्स संघले भनेको छ ।
निषेधाज्ञामा पनि बैंकका शाखा तथा एटिएम बुथहरू खुला हुने भएकाले इन्टरनेट बैंकिङ्ग सेवा लिएका ग्राहकले पासवर्ड बिस्रीएमा तथा प्राविधिक समस्या आएमा बैंकमा सम्पर्क गर्न संघले आग्रह गरेको छ ।
प्रतिक्रिया