काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेडको २५ औं वार्षिक साधारणसभा बस्ने भएको छ ।
सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिने छ । साथै असार मसान्तमा कायम रहेका चुक्ता पूँजीको ०.५३ प्रतिशत नगद लाभांश वितरण कम्पनीले गर्ने छ । यस्तै सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने÷गराउने कम्पनीका उद्देश्य थपिने प्रस्ताव सभामा लैजाने । सञ्चालक समितिको बैठक भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव साधारणसभामा लगिने कम्पनीले जनाएको छ ।
सभा प्रभु कम्प्लेस तीनकुने काठमाडौंमा आगामी जेष्ठ ८ गते बिहान ११ बजे बस्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया