काठमाडौं- गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म फाइनान्सले २७ करोड ३७ लाख ५२ हजार रूपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको नाफा ३६६.६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधि सम्ममा फाइनान्सको खुद नाफा ७ करोड ४६ लाख ५८ हजार रूपैयाँ रहेको थियो ।
तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २२ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले २५ करोड ३१ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
त्यसैगरी,समीक्षा अवधीसम्म फाइनान्सको सञ्चालन नाफा पनि बढेर ३९ करोड १० लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले १० करोड ६९ लाख ६१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यस्तै,फाइनान्सको प्रतिशेयर आम्दानी अहिले बढेर ४२ रूपैयाँ ५ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ २७ पैसा रहेको छ ।
प्रतिक्रिया