काठमाडौं- बैंक अफ काठमाण्डूको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा खुद नाफा ३३ प्रतिशतले बढेको छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३३.८७ प्रतिशतले बढी हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ प्रतिशतले घटेर २ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ३५ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा भने ९ करोड रुपैयाँले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ८५ करोड रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ४ प्रतिशतभन्दा धेरैले बढेको छ। कर्जा लगानी पनि २२ प्रतिशतले बढेको छ।
हाल ९ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ५ अर्ब ४१ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी पनि १३ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया