काठमाडौं- काठमाडौं उपत्यकासहित निषेधाज्ञा लागेका जिल्लाका बैंक तथा वित्तीय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला हुने भएका छन्। निषेधाज्ञा लागेका जिल्ला बैंक तथा वित्तिय संस्था दिनमा जम्मा ४ घण्टा मात्र खुला रहने छन् ।
राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलपछि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म शाखा खोल्ने सहमति भएको हो।
बैंकका सबै एटीएम सञ्चालन हुने छन्। शाखा पनि सबै खुल्ने छन्।
स्वास्थ मापदण्ड पुरा गरेर शाखा खोलिने छ। सकभर सर्वसाधारणलाई अनलाइन कारोबार गर्न प्रोत्साहित गरिने छ।
प्रतिक्रिया