काठमाडौं - रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको साधारण सभा गर्ने स्थान परिवर्तन भएको छ । यस अघि लैनचौर बैंक्वेट, लैनचौर, काठमाडौँमा गर्ने भनिएकोमा अब फाइनान्सको मुख्य कार्यालय प्रदर्शनीमार्गमा भिडियो कन्फ्रेन्स मार्फत हुने भएको हो ।
कोरोना सङ्क्रमणको नियन्त्रणका लागि वैशाख १६ गतेदेखि १५ दिन सम्म निषेधाज्ञा जारी हुने भएकोले सभा भिडियो कन्फ्रेन्स मार्फत हुने भएको कम्पनीले जनाएको छ ।
फाइनान्सको एघारौँ वार्षिक साधारण सभा वैशाख २२ हुने भएको हो ।
सभामा आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया