काठमाडौं - गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको साधारण सभा स्थगित भएको छ । कम्पनीले एक सूचना जारी गर्दै साधारण सभा स्थगित भएको जानकारी गराएको छ ।
कम्पनीको वैशाख २१ गते बिहान ११ बजे अम्रपाली ब्याङ्केट, भाटभटेनीमा आफ्नो २६ औं वार्षिक साधारण सभा बोलाएको थियो । वैशाख १६ गतेदेखि १५ दिन निषेधाज्ञा जारी गरिएका कारण सभा स्थगित गरिएको हो ।
साभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया