घलेम्दी हाइड्रो डाक्यो साधारण सभा, कहाँ कहिले ?

५ बर्ष अगाडि

काठमाडौं, घलेम्दी हाइड्रो लिमिटेडले सातौं वार्षिक साधारण सभा वैशाख २३ गते हुने भएको छ । 

सभा बिहान ११ बजेदेखि होटल मुलाईट, पक्नाजोल काठमाडौंमा हुने जानकारी गराएको छ । 

सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका वैशाख १६ गतेदेखि २३ गतेसम्म बन्द रहनेछ । 

हालको कोभिड १९ को महामारीको कारण नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको गत चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया