दोस्रो दिनमै बिक्री भयो एनआईबिएल समृद्धि फण्ड–२ को ८७ प्रतिशत बढी इकाई

५ बर्ष अगाडि

काठमाडौं - एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को दोस्रो दिनमा नै ८७ प्रतिशत भन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ । 
क्यापिटलले बैशाख १३ गते देखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । 

फण्डले १५ प्रतिशतइकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाई सम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । 

इकाई खरीदका लागि आवेदन दिन छिटोमा २०७८/०१/१६ गते सम्म रहेको क्यापिटलले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया